बागलुङका अधिकांश वडामा दसैँमा पनि आएन भत्ता
बाग्लुङ | असोज १९, २०७९
बलेवा : बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमै नपाउँदा दसैँमा पनि हात रित्तै भएको छ । स्थानीय तहमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता बागलुङका अधिकांश वडामा वितरण भएको छैन ।
कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निकासा भइसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुनेलगायतका कारणले लक्षित समूहले भत्ता नपाएका हुन् ।
“मेरो त दसैँ खर्च नै त्यही भत्ता हो तर आएन”, जैमिनी नगरपालिका वडा नं १ का ९० वर्षीय मणिरत्न पाध्याले भन्नुभयो, “बर्सेनि यस्तै गर्छन्, दसैँमा सधैँ हात खाली हुन्छ ।” पाध्या परिवारको बाँच्ने आधार नै सामाजिक सुरक्षा भत्ता हो । उहाँहरु दम्पत्तिनै वृद्ध हुनुहुन्छ भने एक मात्रै छोरा बाबुराम अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ । ज्याला मजदुरी गरेर खाने अवस्था परिवारका कसैको पनि छैन ।
जैमिनी नगरपालिकाले अख्तियारी ढिला आएका कारण बैंकमा पठाइएको भए पनि दसैँ बिदाअघि लक्षित समूहका हातमा पु¥याउन कठिन रहेको बताएको छ । यहाँका अन्य स्थानीय तहले पनि दसैँ बिदाभन्दा एक दिन पहिला मात्रै कर्मचारीको तलब भत्ता बैंक खातामा जम्मा गरेका थिए ।
बागलुङ नगरपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बाँडेको छैन । भत्ताको आशामा लक्षित वर्ग बैंकमा धाए पनि नगरले भत्ता नपठाएको जवाफ पाउने गरेको गुनासो गर्छन् । खातामा पैसा आए दसैँ बिदामै भए पनि भत्ता बाँड्ने बैंकले आश्वासन दिने गरेका छन् । दसैँका लागि खुद्रा पैसा बनाउने र दसैँ खर्चको जोहो गर्ने गरेका ज्येष्ठ नागरिकका लागि भत्ता नै आधार हो ।
बागलुङको काठेखोला गाउँपालिकाले पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन । समयमा भत्ता नपाएकाले ज्येष्ठ नागरीकको दसैँ खल्लो भएको छ । भत्ता आउँछ भनेर आशा गरेका ज्येष्ठ नागरिक अहिले ऋण खोजेर दसैँ मनाउन लागेको बताउनुहुन्छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

